Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • काेराेनाकाे सन्त्रास: झापा कचनकवलका ५ वडा सिल

    काेराेनाकाे सन्त्रास: झापा कचनकवलका ५ वडा सिल

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    झापा । झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै ५ वडा मंगलबार सिल गरिएको छ।

    दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् ।



    शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो।



    उनीहरू सबैको पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो।

    उनीहरुरूमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप ९ जनामा पुष्टि भएको थियो । उनीहरूलाई राखिएको क्वारेन्टाइनमा समेत सिल गरिएको उनले बताए ।

    सोही पालिकाको सीमा क्षेत्रबाट मात्र ४ दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए ।

    मङ्गलबार पुष्टि भएका ९ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार