Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • भारतमा काेराेनाकाे कहर: एकै दिन ६ हजार बढी संक्रमित थपिए

    भारतमा काेराेनाकाे कहर: एकै दिन ६ हजार बढी संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकै दिन ६ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १४७ जना संक्रमित थपिएका हुन् । यसअघि त्यहाँ २४ घण्टामा सबैभन्दा बढी ५ हजार ५० जना थपिएको तथ्यांक छ । 

    भारतमा एक दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै बढी हो । योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय नाघेको छ । जसमध्ये ४२ हजार ३ सय उपचारपछि निको हुँदा ३ हजार ३ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा १ सय ४६ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार