काठमाडौं । अमेरिकाले ३० दिने अल्टिमेटम दिएको केही घण्टामै डब्ल्युएचओले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ । कोरोना भाइरसका लागि लिइएका नीतिहरूमा निष्पक्षताको प्रश्न उठेपछि डब्ल्युएचओले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ ।
डब्ल्युएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका हुन् । राष्ट्रसंघीय निकाय डब्ल्युएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना र आशंका गर्दै उसको निस्पक्षतामाथि नै प्रश्न उठाउदै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सदस्य राष्ट्रहरूबीच सहमती भएको हो ।
डब्ल्युएचओको वार्षीक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।
जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न अल्टिमेटमसहित पत्र पठाएको केही घण्टामै डब्ल्युएचओले यस्तो निर्णय गरेको हो ।
Leave a Reply