Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • ओलीलाई ‘अल्पज्ञानी’ भन्ने बाबुरामलाई रामेश्वरले दिए कडा जवाफ

    ओलीलाई ‘अल्पज्ञानी’ भन्ने बाबुरामलाई रामेश्वरले दिए कडा जवाफ

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 8.1K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद बैठकबाट लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्सा पारित गरेपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ट्वीट गर्दै ओलीलाई ‘अल्पज्ञानी ‘को संज्ञा दिएका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्,-‘प्रम केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना कमीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन ।



    कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।’

    बाबुरामको ट्वीटले सामाजिक सन्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन्।

    पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुरामलाई जवाफ दिंदै ट्वीट गरेका छन्- ‘एउटा कुरा के बुझियो भने अरुलाई अल्पज्ञानी भन्ने मान्छे स्वयम अल्पज्ञानी हुने हुँदो रहेछ। तर आफु अल्पज्ञानी भएको भेउ पाउँदैन। यो बुझेपछि म अल्पज्ञानी छु भनेर सोच्दा आनन्द आयो’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार