Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चितवनमा झडप, प्रहरीसहित पाँच घाइते

    चितवनमा झडप, प्रहरीसहित पाँच घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    चितवन । पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन्।

    घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगार्इं, २३ वर्षीय दीपेन्द्र बजगाईं र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार रहेको प्रहरीले जनायो। गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो। स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए। सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो।



    प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन्। थापा र बजगाँई दाजुभाइ पनि घाइते भएको उहाँले जानकारी दिए उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार