Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • सूचना आयोगद्वारा कोरोना संक्रमित वा मृतकको बारेमा प्रस्ट विबरण दिन निर्देशन

    सूचना आयोगद्वारा कोरोना संक्रमित वा मृतकको बारेमा प्रस्ट विबरण दिन निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित वा मृतक व्यक्तिको बारेमा विबरण स्पष्ट पार्न निर्देशन दिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले स्पष्ट पार्न निर्देशन दिएको छ।



    आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा अन्योलता सिर्जना गरेकाले सबै विवरण (ठेगाना)खुलाउन निर्देशन दिएको हो ।

    हाल मन्त्रालयले कोरोना संक्रमितको अस्पष्ट ठेगाना सार्वजनिक गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुंदाका बखत बसोबास गरेको स्थान र स्थायी ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिएको छ ।

    आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको यसवाट सम्वन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दुरगामी हुन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएको छ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार