Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अन्तत: कालापानी सीमा विवादमा चीनले खाेल्याे मुख

    अन्तत: कालापानी सीमा विवादमा चीनले खाेल्याे मुख

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडाैँ । पछिल्लो समय नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताए।

    साथै चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको समेत बताएको छ । र, दुई देशले आपसी सम्वादबाट समस्या हल गर्ने विश्वास गरिएकाे चिनियाँ दूतावासले जनाएकाे छ।



    भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल-भारत सीमा विवादलाई तीव्र बनाएको छ। नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ। यसबारे चीनको धारणा के छ? योसँगै चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको भन्ने समाचारहरू आएका छन्। यसबारे के भन्नुहुन्छ भनी सोधिएको थियो। जवाफमा दूतावासका प्रवक्ताले कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना रहेको उनले बताए।



    ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं। यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’

    भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार