Online Nepal
  • मंगलबार, १० असार २०८२
  • पूर्व मन्त्रीसहित दुई सांसदबाट ज्यानको खतरा!

    पूर्व मन्त्रीसहित दुई सांसदबाट ज्यानको खतरा!

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । लमजुङका विजयप्रकाश मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका अन्य दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै निवेदन दिएका छन्। मिश्रले सांसदहरू सूर्य पाठक र प्रेम आले तथा बाँस्कोटाबाट आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै निवेदन दिएका हुन्।

    मिश्रले केही दिनअघि ४ जना युवाले उनको घरको तस्बिर खिचेर लगेको निवेदनमा उल्लेख गरेका छन्। त्यस्तै उनले बाँस्कोटाले नै घरको ठेगाना ती युवालाई दिएको निवेदनमा उल्लेख गरेका छन्। बाँस्कोटाले टोखा नगरपालिका- ११ बैकुण्ठपुरीमा पर्ने आफ्नो घरको तस्बिर लिने उनीहरुमध्ये २ जना भारतीय मुलको जस्तो देखिने पनि उल्लेख गरेका छन्।



    तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस बार्गेनिङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए। अडियो बाहिर आएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। पाठक बागलुङ १ र आले डोटीबाट निर्वाचित सांसद हुन्।

    ताप्लेजुङका चित्रबहादुर कुताल र उनका भाइ घनबहादुर कुतालले आफ्नो ठेगाना बाँस्कोटालाई उपलब्ध गराएको उनले निवेदनमा उल्लेख गरेका छन्। घनबहादुर ताप्लेजुङ नगरपालिकामा कार्यरत रहेको पनि उनले निवेदनमा लेखेका छन्। आफूलाई मार्ने उद्देश्यले ठेगाना दिइएको उनको आरोप छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार