Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ट्रम्पले दिए डब्ल्यूएचओलाई ३० दिने अल्टिमेटम

    ट्रम्पले दिए डब्ल्यूएचओलाई ३० दिने अल्टिमेटम

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ३० दिनको म्याद (अल्टिमेटम) दिएका छन् । उनले ‘ठोस सुधार’का लागि डब्ल्यूएचओका प्रमुख डा.गेब्रेयेसुसलाई अल्टिमेटम दिएका हुन् ।

    उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी समेत दिए । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ ।



    ट्रम्पले डब्ल्यूएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाए ।



    ट्रम्पले डब्ल्यूएचओले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका छन् । ट्रम्पले डब्ल्यूएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्ल्यूएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् । स्रोत :बीबीसी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार