Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • उच्चस्तरीय समितिकाे बैठक बस्दै

    उच्चस्तरीय समितिकाे बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । बैठकमा क्वारेन्टाइनमा व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ।  

    केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो ।



    आज बिहानसम्म नेपालमा ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार