Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • खोटाङमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५८ पुग्यो

    खोटाङमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । नेपालका ७७ मध्ये ३२ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ ।

    खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण देखिएसँगै ३२ जिल्लामा संक्रमण फैलिएको हो ।



    हलेसी तुवाचुङ नगरपालिका(७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।



    नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब संकलन गरेर धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो ।

    पीसीआर परीक्षणका क्रममा ती युवामा कोरोना संक्रमण देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले जानकारी गराएका छन् ।

    ती युवा वैशाख १२ गते काठमाडौंबाट घर गएका थिए । ति युवालाई आज क्वारेन्टाइनमा राखेर भोली बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

    जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् । आज मात्रै ६३ जना कोरोना संक्रमित थपिए ।

    कोरोनाका कारण हालसम्म सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवक गरी दुई जनाको मृत्यु भइसकेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा हालसम्म जारी गरेका विज्ञप्ति अनुसार हालसम्म पर्सामा ९१, बाँकेमा ८१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ६, कैलाली र बारामा ४÷४, चितवन, दाङ, महोत्तरी, मोरङ र सर्लाहीमा ३÷३ तथा बाग्लुङ, झापा, भक्तपुर, बर्दिया र धादिङ २÷२ जना, भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, दाङ, धनकुटा र खोटाङमा १÷१ जना गरी ३५७ जनामा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार