Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्रीले गरे साहसिक काम, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित

    प्रधानमन्त्रीले गरे साहसिक काम, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारतले नेपाली भूमी समेटेर नयाँ नक्सा सार्वजनिक गरिहेका बेला नेपाल सरकारले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।

    भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा नयाँ नक्सा पारित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।



    सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो ।



    यसअघि भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । नेपालमा चौतर्फि रुपमा त्यसको विरोध भएको थियो ।

    त्यसपछि संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    नक्साका विषयमा नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

    फेरि पछिल्लो पटक भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतको मानसरोवर जान लिपुलेकमा सडक बनाएको छ ।

    भारत कोरोनाको संकट देखाउँदै बर्ता गर्न तयार नभएपछि सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।

    जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो ।

    यो निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक काम मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार