Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावलले देउवालाई सम्झाए एमसीसीसंगै महाकाली सन्धि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का नेता भीम रावलले सरकारले पछाडिको ढोकाबाटअमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौता घुसाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता रावलले रावलले भने -' एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ ।

राष्ट्रहितविपरीत हुनेछ । स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन ।'

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा एमसीसी तत्काल पारित गर्न सरकारसँग माग गरेका थिए । उनले आगामी दिनमा वैदेशिक सहयोग नआउने भएकाले अमेरिकी सहयोग स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

देउवातिर संकेत गर्दै नेता रावलले त्यतिबेला महाकाली सन्धि पनि तत्काल पास गर्नुपर्छ भन्नेमा देउवा रहेको बताए ।

सांसद रावलले नेपालले एकातिर कोरोनाको त्रासबाट कसरी जोगिने भनेर लाग्नुपरेको र अर्कोतिर भारतले भूमि मिचेको कुराको प्रतिरोध गर्नुपर्ने कुरा आइलागेको बताए । भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोमा उनले आपत्ति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077