काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुन्डिएर मर्न तयार रहेको वताएका छन्।
सांसद श्रेष्ठले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले केही हप्ताअगाडि सांसद अपहरणका कुराहरू आएको र आफुलगायत माननीय महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालसमेतको चरित्र हत्या गर्ने काम भएको उनले वताए ।
उनले भने – ‘सम्पूर्ण माननीयहरूलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरूको अगाडि म झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?’
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिजो मात्र सुरेन्द्रयादव अपहरण प्रकरणको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेसँगै अपहरण प्रकरण नाटक मात्र भएको प्रमाणित भएको छ ।
राजनीतिक स्टन्ड बनाउन पूर्वप्रधानमन्त्री डा. भट्टराई, उपेन्द्र यादवलगायतले सो प्रकरण निकालेको प्रहरी अनुसन्धानको प्रमाणले देखाएको छ ।
Leave a Reply