Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १३ दिने शिशुमाथि धुलिखेल अस्पतालको लापरवाही !

    १३ दिने शिशुमाथि धुलिखेल अस्पतालको लापरवाही !

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा पहिलो पटक मृत्यु भएकी सुत्केरी महिलाको परिवारकै रिपोर्ट नेगेटिभ आएको छ । जुन हामी सबैका लागि खुसीको खबर हो ।

    आमाको मृत्यु भए पनि १२ दिने शिशुलाई कोरोना संक्रमण नभएको पुष्टि हुँदा परिवारका सदस्यहरु पनि खुसी नै हुनुपर्ने हो ।



    तर, त्यो अवोध बालकमाथि धुलिखेल अस्पतालको प्रयोगशालाले भने लापरवाही गर्यो भन्दा तपाईहरुलाई पत्यार नलाग्न सक्छ । तर, यथार्थ यही हो ।



    सामान्यतय कोरोनाको रिपोर्ट ४ घण्टामा आउने प्रयोगशालाकै कर्मचारीहरु बताउँछन् । नेपालमा संक्रमितको संख्या बढ्दै गएको सन्दर्भमा जाँच बढि हुँदा केही समय लाग्नु स्वभाविकै हो ।

    तर, १२ दिने शिशुको रिपोर्ट भने ४८ घण्टामा मात्र आयो । कसरी यस्तो भयो ? भन्ने प्रश्नमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजूले रिपोर्ट आउन ढिलाइ भएको स्विकारे गर्दै भनेका छन्–‘टेकुबाट ५ सयभन्दा बढी नमुना आएको थियो, ल्याबका साथीहरुले पहिला त्यसलाई प्रोसेस गर्नुभएछ, दोस्रो लटमा परेका कारण केही ढिलाइ भएको हो ।’

    उनले भने–‘बच्चाको केसलाई प्राथमिकता दिनुपर्ने हो, दोस्रो लटमा हालेका कारण केही ढिलाई पक्कै भयो ।’

    शिशुकाे बैशाख २४ गते टिचिङ अस्पताल महाराजगञ्जमा नर्मल डेलेभरी भएकाे थियाे । त्यसकाे भाेलीपल्टै दुबैजनाकाे डिस्चार्ज भएकाे थियाे ।

    सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए ।

    एक पटकमा ९० नमुना परीक्षण गर्न सक्ने मेसिनले ४ घण्टामा नतिजा दिन सक्छ ।

    यद्यपी शिशुलाई भने १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा आजै डिस्चार्ज गर्ने तयारी भएको धुलिखेल अस्पताल स्रोतले बतायो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार