Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोनाबाट मृत्यु भएकी महिलाको १३ दिने शिशुको रिपोर्ट ननेगेटिभ

    कोरोनाबाट मृत्यु भएकी महिलाको १३ दिने शिशुको रिपोर्ट ननेगेटिभ

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काभ्रे । कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु रिपोर्ट नेगेटिभ आएको छ ।

    मृतकका परिवारका अन्य सदस्यको पीसीआर रिपोट पनि नेगेटिभ नै आएको बताइएको छ ।



    कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँकी २९ वर्षीया महिलाको मृत्यु भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।



    यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार मृतकका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो ।

    शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ भने १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा शिशुलाई डिस्चार्ज गर्ने तयारी भएको धुलिखेल अस्पताल स्रोतले बतायो ।

    श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ती सुत्केरी महिलाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार