Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विहानै ९ जना थपिएपछि ३०४ पुग्यो कोरोना संक्रमितको संख्या

    विहानै ९ जना थपिएपछि ३०४ पुग्यो कोरोना संक्रमितको संख्या

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । आज थप ९ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रिमितको संख्या ३०४ पुगेको छ ।

    जसमध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार आज थपिनेमा इशनाथ नगरपालिका–२, ३, ६, ८ रौतहट निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु रहेका छन् ।



    त्यसैगरी माधवनारायण नगरपालिका–३, रौतहट निवासी २८ वर्षीया महिला रहेकी छन् । र, बाँकी १ जना भने करैयामाई–५ बारा निवासी ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयद्धारा आज विहान ८ः४५ बजे जारी विज्ञप्तिमा उल्लेख छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३४, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २१, काठमाडौंमा ९, धनुषामा ५, कैलाली र बारामा ४/४, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर,बर्दिया र मोरङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक र धनकुटामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार