Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • घरबाटै प्रस्तुति दिएर अमेरिकन आइडलको उपविजेता बने दिवेश पाेखरेल

    घरबाटै प्रस्तुति दिएर अमेरिकन आइडलको उपविजेता बने दिवेश पाेखरेल

    जस्ट स्यामले जितिन उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणमा उपविजेता बनेका छन् ।

    धेरै भोटको आधारमा उत्कृष्ट ५ बाट जस्ट स्यामले उपाधि जित्दा दिवेश भने उपविजेता बनेका हुन् ।



    नेपालमा कोरोनाका त्रास बढ्दै गएका बेला दिवेशले पाएको यो उपाधिले नेपाली समुदायमा केही हदसम्म भएपनि उत्साह छाएको छ ।



    गायक दिवेशले अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए भने अर्का निर्णायक लुक ब्रायनले ‘दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन्’ भनेका थिए ।

    अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । दुई वर्षअघि दिवेश आफैंले जुराएको नाम हो यो ।

    कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।

    दिवेश २०१४ तिर अमेरिका गएका थिए । तर, उनको परिवार भने उनको परिवार सन् २००८ मा नै अमेरिका बसाइँ सर्योरेको थियो ।

    दिवेशले सन् २०१८ मा डेब्यु एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । यसमा आठ नेपाली गीत छन् । त्यसपतिको ‘खोज’ एल्बममा पनि शिर्षसहित ‘म…’ र ‘कर्णाली…’जस्ता गीतले धेरथोर चर्चा कमाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार