Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सांसद यादवको अपहरण मुद्दा तामेलीमा राख्ने सरकारी वकिलको निर्णय

    सांसद यादवको अपहरण मुद्दा तामेलीमा राख्ने सरकारी वकिलको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेको छ। सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको हाे । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो ।

    काठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए । काठमाडौंका प्रमुख सरकारी वकिल हरिप्रसाद रेग्मीले थप प्रमाण ल्याएपछि जनाउने गरी अहिलेलाई सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको जानकारी दिए।



    प्रहरीले पनि सांसद यादवको मुद्दा तामेलीमा राखिपाउँ भन्ने राय दिएको उनले बताए।



    प्रहरीले ल्याएको प्रतिवेदनमा सांसद यादवको घर, उनीहरू बसेको होटलको घटनास्थल प्रकृति मुचुल्का, यादवले मिडियालाई दिएका अन्तर्वार्ता र उनीहरू बसेका होटलको सिसिटिभी फुटेज सामेल गरेको थियो।

    प्रमुख सरकारी वकिल रेग्मीका अनुसार यादवसँगै गएका समाजवादीकै नेता उमाशंकर अर्गैया, यादवका भिनाजु र बडीगार्डहरूको बयान पनि सामेल थियो। उनीहरूले ‘यादबको अपहरण होइन राजनीतिक विषय हो’ भनेर बयान दिएका थिए।

    यी सबैका आधारमा यो अनुसन्धानलाई तामेलीमा राख्ने निर्णय भएको उनले जानकारी दिए। वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। यो सँगै अपहरणको फन्दा मच्चाउने बाबुराम भट्टराईको योजना बिफल भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार