Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • काेराेना अपडेट: देशभर ९५ हजार ९ सय बढीकाे नमूना परीक्षण

    काेराेना अपडेट: देशभर ९५ हजार ९ सय बढीकाे नमूना परीक्षण

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । देशरभर ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २८ हजार १ सय ६० जनाको पिसिआर र ६७ हजार ७ सय ६९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

    उनका अुनसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।



    काठमाडौंको गोगंबु, माछापोखरी लगायत स्थानबाट ४ सय जनाको नमूना संकलनका लागि टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

    कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार