Online Nepal
  • सोमबार, ९ असार २०८२
  • भारतीय सेनाध्यक्षको भनाइ खण्डन गर्न संसदीय समितिले दियाे निर्देशन

    भारतीय सेनाध्यक्षको भनाइ खण्डन गर्न संसदीय समितिले दियाे निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । लिपुलेक, कालापानी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सडकदेखि सदनमा बहस भइरहेकाे बेला भारतका सेना प्रमुख मनोज नरभानेले त्यस विषयमा विवादस्पद अभिब्यक्ति दिएपछि प्रतिनिधि सभाकाे एक संसदीय समितिले प्रथामिकताकाे साथ नियालेकाे छ।

    प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्ष नरभानेको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिए संसदीय समितिले कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको हाे ।



    समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिइएकाे समितिकी सभापति पवित्रा निरौला (खरेल) बताइन्।

    त्यस्तै केही दिनअघि नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले पनि ‘जानकारी’मा राखेको बताएकाे थियाे।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार