Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीलाई नीति तथा कार्यक्रम पढ्न देउवाकाे आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका हुन्।

उनले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए। ‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’

पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल एक वर्षभित्र बनिसक्ने लगायत योजना रहे पनि अहिलेसम्म ती योजना पूरा नभएको देउवाले बताए। ‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077