Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

    काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । काभ्रेपलाञ्चोकमा ५० भारतीय नागरिकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ। कन्टेनरमा लुकेर आएकाे अवस्थामा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काभ्रेकाे निर्देशनमा प्रहरीले आज (आइतबार)बिहान नियन्त्रणमा लिएको हो ।

    सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।



    ती भारतीय नागरिक सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आइपुगेका थिए। ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार