Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • तीनै सुरक्षा निकायका सुरक्षाकर्मीमा काेराेना संक्रमण

    तीनै सुरक्षा निकायका सुरक्षाकर्मीमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । तीनै सुरक्षा निकायका सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिएकाे छ। समुदायमा प्रवेश गरेको कोरोना भाइरसको संक्रमण तीनवटै सुरक्षा निकायका ८ जनामा देखिएको हाे ।

    बिशेष गरी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी उक्त संक्रमणकोबाट संक्रमित भएको पाइएको छ । नेपाल प्रहरीका तीन, नेपाली सेनाका २ र सशस्त्र प्रहरी बलका ३ जना संक्रमित भएका छन् ।



    संक्रमितमध्ये नेपाल प्रहरीका २ जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना बारामा कार्यरत छन्।



    त्यस्तै नेपाली सेनाका २ जना मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेको बताइएको छ । दुई जनामध्ये १ जना पृतनापति भएको बताइएको छ । सैनिक मुख्यालयले संक्रमितहरुलाई राजधानी ल्याउने तयारी गरेको छ।

    त्यसै गरी सशस्त्र प्रहरी बलका पनि ३ जना संक्रमित भएका छन् । संक्रमितहरू एक जना बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कार्यरत रहेको बताइएको छ ।

    एक जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको बताइएको छ । ती सुरक्षाकर्मी महेन्द्रनगरमा रहेको आफ्नो घरमा बिदाबाट फर्किएपछि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

    शनिबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनीहरूमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार