झापा। नाकामा रहेको नेपाली सुरक्षाकर्मीकाे अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
कचनकवल १ स्थित घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए ।
प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही बिबादलाई लिएर उनीहरू फेरि आएको बताइएको छ।
नेपाल प्रहरीले उक्त बिषयलाई लिएर भारतीय सुरक्षाकर्मीलाई जानकारी गराएपछि भारतीय सीमा सुरक्षा बल आएर भारतीयलाई रोकेका थिए ।
Leave a Reply