Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको लाश ल्याउँदा कोटेश्वरमा जाम (फाेटाे फिचर)

    कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको लाश ल्याउँदा कोटेश्वरमा जाम (फाेटाे फिचर)

    कुमार भण्डारी
  • शनिबार, ३ जेष्ठ २०७७
  • 6.7K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको लाश सदगदका लागि पशुपति आर्यघाट ल्याइएकाे छ । आर्यघाट ल्याउँदा कोटेश्वरमा भने झण्डै दुई सय भन्दा बढि सवारीसाधन जाममा परे ।

    सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृत्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने काेराेनाकै कारणा मृत्यु भएकाे भनेर त्यसको औपचारिक पुष्टि आज बेलुका मात्र गरेको हो ।



     



    उक्त लाश नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याइसकेको छ ।

    अरनीको राजमार्ग हुँदै पशुपती आर्यघाटमा लाश ल्याउँदा सडकममा मानिसहरुलाई हिड्न समेत दिइएएको थिएन । झण्डै एक दर्जन सवारी साधनको स्कटिङमा भक्तपुर अस्पतालकाे शबवाहनमा महिलाका लाश ल्याइएको थियो ।

    शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली अघि साँझ ८ बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेकाे थियाे ।

    शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएका छन् ।

    वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

    शव ल्याउन प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‌सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको धुलिखेल अस्पतालले जनाएको छ ।

    अस्पताल स्रोतका अनुसार सदगत गर्न आउने टोलीमा ५ जना रहेको र सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार