Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनमा चोरी गर्ने गिरोह प्रहरी फन्दामा

    लकडाउनमा चोरी गर्ने गिरोह प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको घटनामा संलग्न  ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डि नगरपालिका-१० का आकाश मगर, कीर्तिपुर नगरपालिका-१० बस्ने सौरभ महर्जन, कीर्तिपुर नगरपालिका-३ कुटुझोल घर भएका २० वर्षीय अभिषेक महर्जन, उदयपुर कटारी नगरपालिका-५ घर भएका १९ वर्षीय अञ्जना मगर, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएकी २४ वर्षीया उषा भन्ने बिमला तामाङ र धादिङ जिवनपुर घर भएकी २० वर्षीया एन्जल भन्ने कबिता मगर रहेका छन् ।



    पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कबिता मगरलाई चन्द्रागिरी नगरपालिका(१५ तिनथानाबाट, विमला तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका-३ चिहानघाटबाट प्रहरीले पक्राउ गरेको हो ।



    साथै महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले गत जेठ १ गते दोलखा घर भएका छिरिङ लामा भन्ने रबिन तामाङलाई राजेश मानन्धरकै घरबाट चोरी गरेको मुर्ति २ थान, ३२ ईन्चको टिभि, कम्प्युटरको मनिटर १ थान लगायतका सामानहरू सहित पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
    पक्राउ अभियुक्तहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको  थानकोट वृत्तले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार