Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २ सय ७६ पुग्यो

    कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २ सय ७६ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। याेसँगै योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।



    आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार