Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजकाे माैसम अपडेट: हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

    आजकाे माैसम अपडेट: हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।



    दिउँसोसम्म पूर्वी, मध्य र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।



    यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आइतबार र सोमबार पनि मुलुका मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार