Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • लकडाउन हटाएपछि चीनमा फेरि देखियो कोरोनाकाे संक्रमण

    लकडाउन हटाएपछि चीनमा फेरि देखियो कोरोनाकाे संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चीनले लकडाउन हटाउँदै आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेकाे केही समयपछि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन् ।

    कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको थियाे। योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको छ ।



    चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार