Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति नेपाली सेना प्रमुखले दिए यस्ताे जवाफ

    भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति नेपाली सेना प्रमुखले दिए यस्ताे जवाफ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 12.5K
    SHARES

    काठमाडौं । लिपुलेक, कालापानी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सडकदेखि सदनमा बहस भइरहेकाे बेला भारतका सेना प्रमुख मनोज नरभानेले त्यस विषयमा विवादस्पद अभिब्यक्ति दिएका छन्।

    नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।



    साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ । नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।



    भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् । अहिले कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ  ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार