झापा। झापा जिल्लाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको आज एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले एक बालकलाई सो खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो ।
ती बालक सोही ठाउँ बस्ने ३ बर्षिय बिष्णु ठटाल हुन् । एपीएफ टोलीले ती बालकलाई निजको परिवारको जिम्मा लगाएको छ ।
Leave a Reply