Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संख्या २६७ पुग्यो

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संख्या २६७ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ रहेको छ।



    वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।



    यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार