काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीले सबैतिर जटिलता उत्पन्न गरेकाले नीति तथा कार्यान्वयनमा चुनौती रहेको उल्लेख गरेका हुन ।
कोरोना भाइरसका कारण जुन परिस्थिति देशमा सिर्जना भएको छ यसले सबैतिर जटिलता उत्पन्न गरेको भन्दै उनले त्यसैले चुनौती कार्यान्वयनमै रहेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले प्रचण्डले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिए मुलुकले राम्रो गति लिने पनि बताए।
Leave a Reply