Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अब काठमाडौंका मूल सडक वा गल्लीमा निस्किए पक्राउ

    अब काठमाडौंका मूल सडक वा गल्लीमा निस्किए पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तराइका जिल्लासहित उपत्यकामा समेत कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।

    काठमाडौंका मूल सडक र भित्रि सडकमा भीडभाड गरेलगत्तै प्रहरीले पक्राउ गर्नेछ । प्रशासनले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए पक्राउ गर्ने जानकारी गराएको हो ।



    गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो ।



    “काठमाडौंको मूल सडक,भित्रि सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक  भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्नुहुन अनुरोध छ । अन्यथा सुरक्षाकर्मीहरुले प्रचलित कानूनबमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सक्नेछ,” सूचनामा उल्लेख छ ।

    प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

    एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार