Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोस्ट गर्ने पक्राउ

    प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोस्ट गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न सिन्धुली तिनपाटन गाउँपालिका(१ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरण राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन समेत गरेको अनुसन्धानबाट खुल्न आएको साइबर ब्यूरोले जनाएको छ ।



    जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार