Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरी ग्राहक बनेर जाँदा एक क्‍विन्टल चरेशसहित दुईजना पक्राउ

    प्रहरी ग्राहक बनेर जाँदा एक क्‍विन्टल चरेशसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    धादिङ । लागू औषध चरेस ओसारपसारमा संलग्न दुई व्यक्ति १ सय किलो चरेससहित गजुरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ बस्ने ३७ वर्षीय टेकबहादुर तामाङ र त्यही स्थानका २६ वर्षीय विशाल तामाङ रहेका छन्।

    गजुरी गाउँपालिका–५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट बिहीवार दिउँसो १ सय किलो चरेससहित उनीहरूलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। चरेस किन्‍ने ग्राहक बनेर खरिद गर्न गएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका दुवैजना प्रहरीकै खोजी सूचीमा रहेका व्यक्ति हुन्। पृथ्वी राजमार्गको आदमघाट बजारमा ६ लाख नगद लेनदेन भइ ग्राहक बनेर खरिद गर्न गएको प्रहरीले चरेस ओसारपसारमा प्रयोग गरिएका २ मोटरसाइकलसमेत बरामद गरेको छ ।



    तस्करीमा संलग्न २ व्यक्ति र २ मोटरसाइकल नियन्त्रणमा लिइए पनि फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

    इप्रका गजुरीका प्रहरी नायव उपरीक्षक खड्काका अनुसार चरेस बोक्न प्रयोग गरिएको वा ९७ प ४९९ र प्रदेश ३–०२–००१–प ७४५८ नम्बरको मोटरसाइल काठमाडौंबाट चोरी भएर हराएको मोटरसाईकल रहेको छ । पक्राउ परेकाहरुलाई लागूऔषध ओसारपसार, मोटरसाइकल चोरी र सम्पत्ति शुद्धिकरण मुद्दामा छानबिन पश्चात मुद्दा चल्ने बताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार