Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रमप्रति नेकपा सचिवालय बैठकमा असन्तुष्टि

    आज संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रमप्रति नेकपा सचिवालय बैठकमा असन्तुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । सरकारले पार्टीमा छलफलबिनै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै सत्तारुढ नेकपाको सचिवालयमा असन्तुष्टि देखिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीमा छलफलबिनै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकोमा नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

    संसद्को संयुक्त बैठकमा आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर, पार्टीभित्र छलफल नगरी नीति तथा कार्यक्रम आउन लागेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ ।



    पार्टी र संसदीय दलमा कतै पनि छलफल नगरी नीति तथा कार्यक्रम आउन लागेकामा नेकपा नेताले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि १५ जेठमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई देखाउँदै नेकपा स्थायी कमिटी र संसदीय दलको बैठक बस्न सकेको छैन ।



    नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले नीति तथा कार्यक्रम, बजेट जस्ता महŒवपूर्ण विषय ल्याउनुअघि पार्टीभित्र छलफल हुनुपर्ने बताए । तर, अहिले बैठक नै नगरी र पार्टीभित्र छलफल नगरी त्यसो हुनु दुःखद रहेको उनले टिप्पणी गरेका छन् ।

    पार्टी र संसदीय दलमा छलफलबिनै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै स्थायी कमिटीमा पनि असन्तुष्टि छ । यसै विषयमा छलफल गर्न नेकपाले बुधबार स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, अन्तिम समयमा आएर कोरोना संक्रमणलाई देखाउँदै बैठक स्थगित भएको छ ।

    अब स्थायी कमिटी बैठकको विषयमा सरकारको नीति तथा कार्यक्रमपछि नेतृत्वबीच छलफल भएपछि टुंगो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार