Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालमा अड्किएकालाई जापान र हङकङ जान दिने निर्णय

    नेपालमा अड्किएकालाई जापान र हङकङ जान दिने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2K
    SHARES

    सरकारले नेपालमा अड्किएकालाई जापान र हङकङ जान दिने निर्णय गरेकाे छ। कोरना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितले लकडाउनका कारण रोकिएकालाई जापान जान दिने समितिले निर्णय गरेको हाे।

    समितका सदस्य सचिव तथा प्रवक्ता नारायण बिडारीले लकडाउनका कारण रोकिएका ६ सय जनालाई जापान जान दिने निर्णय भएकाे बताए।। लकडाउनले नेपालमै रोकिएका हङकङका नागरिकलाई पनि स्वदेश जान दिने निर्णय गरेको छ।



    वैशाख २५ गते सरकारले जेठ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो। उद्योग खुल्ला गर्ने निर्णय पनि सरकारले गरेको थियो। तर, पछिल्लो दिनमा लकडान उल्लंघन गर्ने बढेपछि सरकारले कडाई गर्ने निर्णय गरेको हो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार