Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउनमा थप कडाइ, प्रदेशसभा सदस्यलाई फिर्ता पठाइयो

    लकडाउनमा थप कडाइ, प्रदेशसभा सदस्यलाई फिर्ता पठाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ ।

    जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।



    जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ ।



    सवारी अनुमतिपत्र नलिइ आएका उनलाई सम्झाएर पठाइएको हो । उनले भने, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार