Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ५ सय ८१ सवारी साधन कारवाहीमा

    ५ सय ८१ सवारी साधन कारवाहीमा

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    तनहुँ । लकडाउन अवधिभर जिल्ला ट्राफिक कार्यालय तनहुँले ५८१ सवारीलाई कारबाही गरेको छ । गत चैत ११ गते देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गरी सवारी साधन चलाउनेलाई कारवाही गर्दा रु तीन लाख १३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए।

    ६२९ जनामा आरडिटी परीक्षण
    तनहुँमा बुधबारसम्म ५५० पुरुष र ७९ महिला गरी ६२९को आरडिटी तथा २८ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । चार जनाको भने स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।



    जिल्लामा हालसम्म ८४३ जना विदेशबाट घर फर्किएको तथ्याङ्क रहेको र उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए। जिल्लामा हालसम्म छ पुरुष र चार महिला क्वारेन्टाइनमा बस्दै आएका छन् । हाल आरडिटी कीट ९७ रहेको उहाँले जानकारी दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार