Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतको हेपाहा नीति : नेपाली भूमिमा अवरोध कायमै

    भारतको हेपाहा नीति : नेपाली भूमिमा अवरोध कायमै

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ ।

    संग्रहालय बनाउन लागिएको ठाउँ सीमास्तम्भभन्दा सय मिटर यता नेपालतर्फ पर्छ । नक्सामा उक्त ठाउँ भारततर्फ पर्ने दाबी गर्दै उनीहरूले भवन निर्माण रोकिदिएका हुन् । वैशाख २४ थालिएको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।



    भवन नबनाउन, बनाए भत्काउने भनेपछि काम रोकिएको हो । भारतीय पक्षले भवन निर्माणमा रोक लगाएपछि फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङसहित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थानीयले उक्त स्थानको अनुगमन गरेका थिए । ५७÷३ नम्बरको सानो तथा ५८/९ नम्बरको जंगे पिलरभन्दा सय मिटरवरै भवन निर्माण गर्न खोजिए पनि भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएको गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘भारतीय सुरक्षाकर्मीसँग कुरा गर्दा कुनै निकास निस्किएन,’ उनले भने, ‘नेपाली भूमिमा हस्तक्षेप भएको भनेर माथिल्लो निकायलाई पत्राचार गरेका छौं ।’



    वन डिभिजन कार्यालय पाँचथरको १० लाख सहयोगमा स्थानीय संस्कृति झल्काउने किसिमको संग्रहालय बनाउने काम अघि बढाइएको थियो । यसअघि आहाल भन्ने ठाउँनजिकै रहेको पर्यटकीयस्थल सन्दकपुरमा भ्यु टावर निर्माण गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेको थियो । सीमा क्षेत्रमा टे«किङ रुट बनाउँदा पनि अवरुद्ध गर्ने गरेको स्थानीय शिल्प राईले बताए । सीमानजिक नेपालतर्फका निर्माणलगायत काममा विगतदेखि नै भारतीय पक्षले अवरोध गर्ने गरेको राईले जानकारी दिए । उनका अनुसार यसअघिनेपालतर्फको चारराते भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीले पोखरी बनाउन थालेपछि नेपाली गोठ सञ्चालकले विरोध जनाएपछि रोकिएको थियो ।

    गाउँपालिकाको टोलीले अनुगमन गरेर पत्राचार गरेको प्रजिअ अर्जुनकुमार शर्मा ले जानकारी दिए । त्यसबारे गृह मन्त्रालय लेखेर पठाइएको उनको भनाइ छ । त्यहाँको सीमा नाकामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि नेपाली सुरक्षाकर्मी भने बेलाबेलामा मात्र पुग्छन् । जिल्लामा भारतसँग जोडिने ४५ किलोमिटर क्षेत्र छ । सीमाक्षेत्रमा सशस्त्र प्रहरी राख्ने चर्चा भएको लामो समय भए पनि अहिलेसम्म राखिएको छैन ।नागरिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार