Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाबुरामले पद खोजेपछि जनता समाजवादी पार्टीमा लफडा

    बाबुरामले पद खोजेपछि जनता समाजवादी पार्टीमा लफडा

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो नलाग्दा पार्टीभित्र लफडा बढेको छ।  पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन ।

    वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण भएको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निबेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै कागजातहरू बुझाउनु पर्ने छ ।



    पार्टीको नेतृत्वका लागि विभिन्न चरणमा बिकल्पमा छलफल भइरहेको छ तर कुनै पनि बिकल्पमा सहमति जुट्न सकेको छैन ।



    पार्टी एकीकरण गर्ने सहमति हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोश्रो मर्यादामा बाबुराम भट्टराईलाइ राख्ने सहमति भएको थियो । अरु नेताको हकमा पछि छलफल गर्ने सहमति भएको थियो ।

    तर कुन नेतालाई कुन समितिको अध्यक्षताको जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पूर्व समाजवादीका नेताहरू ठाकुरलाई मानर्थ अध्यक्ष र भट्टराइलाई कार्यकारिणी समितिको अधयक्ष बनाउनु पर्ने अडान राखेका छन् । तर बाबुराम दोश्रो मर्यादामा बस्न नमानेको स्रोतको भनाइ छ ।

    उपेन्द्र यादव निकट नेताहरू भने तत्कालिन समाजवादी पार्टीमा झै यादवलाई कार्यकारीणी समितिको अध्यक्षको जिम्मेवारी दिनु पर्ने अडान राखेका छन् । तत्कालिन समाजवादी पार्टीमा राष्ट्रिय परिषद्को अधयक्ष भट्टराइ र कार्याकारिणी समितिको अध्यक्ष थादव थिए ।

    हालसम्म भएको छलफलमा मयार्दाक्रमा पहिलो स्थानमा ठाकुर, दोश्रोमा भट्टराइ, तेश्रोमा यादव, चौथोमा राजेन्द्र महतो, पाँचौमा अशोइ राइ, छैटौमा महेन्द्र यावद र सातौंमा शरतसिंह भण्डारीको स्थान रहने सम्भावना रहेको छ । सुरु देखि नै असन्तुष्ट जनाउँदै आएका अनिल झा र राजकिशो यादवलाई कसरी व्यवस्थापन गर्ने भन्ने  चुनौती थपिएको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार