काठमाडौं । झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंतर्फ आएका छन् ।
गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको वताइएको थियो।
पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजा शाहको काठमाडौं फर्कने सवारी पास रद्द भएको बिषयमा सामाजिक सन्जालमा सरकार र नेताहरुविरुद्द गालीका बर्षा शुरु भएका थिए ।
Leave a Reply