Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संसदमा एकमात्र सांसद रहेकाे राष्ट्रिय जनमोर्चालाई उपभासमुख पद प्रस्ताव

    संसदमा एकमात्र सांसद रहेकाे राष्ट्रिय जनमोर्चालाई उपभासमुख पद प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा प्रस्तावित उपसभामुख पद अस्वीकार गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव गरेको हो ।

    राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर आफ्नो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई उपसभामुख पदको प्रस्ताव आएको बताएका हुन् । तर राजमोले उपसभामुख पद अस्वीकार गरेको छ ।



    प्रतिनिधिसभामा पार्टीको एकमात्र सांसद रहेको र उनले उपसभामुख पद लिँदा संसदमा आफ्नो पार्टीको राजनीतिक भूमिका समाप्त हुने भएकाले स्वीकार गर्न नसकिने अध्यक्ष केसीले बताएका छन् ।



    ‘…तर संसदमा हाम्रो पार्टीको तर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार