Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • चीनको आरोप: कोरोना भाइरसको महामारी नियन्त्रणमा गर्न अमेरिका असफल

    चीनको आरोप: कोरोना भाइरसको महामारी नियन्त्रणमा गर्न अमेरिका असफल

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं – कोरोनाभाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनले आरोप लगाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विहिबार आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी समेत गरे ।



    अमेरिकी प्रशासनले कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको गलत प्रचार गरेको र आफ्नो जिम्मेवारी भन्दा पनि चीनको आलोचनामा समय खेर फालेको टिप्पणी गरेका हुन् । अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेर संक्रमण नियन्त्रण सफलता हासिल गर्न नसकेको उनले बताएका छन् ।



    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार