Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पास रद्द हुँदा पूर्वराजाले जनविश्वास बटुले, प्रधानमन्त्रीको बिरोध

    पास रद्द हुँदा पूर्वराजाले जनविश्वास बटुले, प्रधानमन्त्रीको बिरोध

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 6.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फर्कने सवारी पास रद्द भएको  बिषयमा सामाजिक सन्जालमा सरकार र नेताहरुविरुद्द गालीका बर्षा शुरु भएका छन्।

    बिहीबार जिल्ला प्रशासन कार्यालय, झापाले जारी गरेको सवारी पास जारी भएको केही घन्टामै रद्द भएको हो । पूर्वराजा शाह पत्नी कोमल सहित लकडाउन सुरु हुनुभन्दा केही दिनअघि झापा गएका थिए ।



    उनी पूर्वराजपरिवारको स्वामित्वमा रहेको दमकस्थित हिमालय–महालक्षी चियाबगानभित्रको दरबारमा छन् । पूर्वराजा  शाहको काठमाडौं फर्कने सवारी पास रद्द भएको बिरोधमा नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले भ्रष्ट, राष्ट्रघाति र हिंसावादीले लकडाउनमा सवारी पास पाउँदा पुर्वराजा ज्ञानेन्द्र शाह र पहुँचविहिन गरिबको पास रद्ध गर्ने सरकारी पक्षपातपुर्ण नीति र दुर्ब्यवहारविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।



    उनले पूर्व राजा पैदल नै प्रधानमन्त्रीको जिल्लाबाट हिडेर काठमाडौ आएमा हजारौं नागरिक पनि संगसंगै नारायणहिटितर्फ लाग्दा, त्यसको भयावह परिणाम समेत दुरदर्शितापुर्वक अनुमान गर्न प्रधानमन्त्री र नेकपालाई चेतावनी दिएका छन् ।

    त्यस्तै कांग्रेसका अर्का युवा  भिम गुरुङ फेसबुकमा लेख्छन-‘ झोले र हात्तीछाप चप्पलेहरुलाई के थाहा राजा भनेको राजा नै हो र राजा हुन नाम मात्र होइन, गुण पनि राजा कै जस्तो हुनुपर्छ। राजाले चाहेको भए कसैलाइ नसोधी सिधै काठमाडौं आउन सक्थे। तर, राजाले कानुनको पालना गर्दै प्रसासनलाई अनुमती मागे र सन्देश दिए कि कानुन भन्दा माथी कोहि छैन भनेर । तर, चप्पलेहरुले आफ्नो औकात देखाइ छाडे!

    #अपहरणकारी लाई पास नचाहिने
    पूर्वराजालाई पास मागे पनि नदिने!!1
    #स्याललाई दशा लाग्यो भने शहर छिर्छ भन्थे पहिलेका बुढा पाका ले!!हो कि क्या हो माइला बा ? !!

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार