Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ट्रम्पले आफ्ना नागरिकलाई अपमान गरेको चीनको आरोप

    ट्रम्पले आफ्ना नागरिकलाई अपमान गरेको चीनको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    बेइजिङ । चीन र अमेरिकाबीच फेरी आरोप प्रत्यारोप शुरु भएको छ। अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।



    चीनको विदेश मन्त्रालयका मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनले बताए ।

    दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाए । उनले भने -‘आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।’ एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार