Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लिपुलेक माग्दै पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    लिपुलेक माग्दै पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    पोखरा । भारतले मिचेर सडक बनाएकोअतिक्रमित भूमि लिपुलेक माग्दै पोखरामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । नेपाल विद्यार्थी संघले लिपुलेक माग्दै राँके जुलुसहित प्रदर्शन गरेको हो ।

    पोखरा महानगर २९ भण्डारढिकबाट निस्केको जुलुस नयाँ तालचोकसम्म पुगेको थियो । लपोखराको पर्यटकीय नगरी लेकसाइडमा नेविसंघका विद्यार्थीहरुले खहरे चोकदेखि राँके जुलुस प्रदर्शन गर्दै हल्लनचोकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।



    ‘लिपुलेक हाम्रो हो’, ‘अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भ्रष्ट नेता होशियार’, ‘भारतीय सेना कालापानीबाट फिर्ता गर’ लगायतका नाराहरु लगाउँदै नेविसंघ पोखराका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । सरकारले यसलाई गम्भीरताका साथ नलिए कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार