Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • काठमाडौंसहितका जिल्लामा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ४९

    काठमाडौंसहितका जिल्लामा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ४९

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंसहितका जिल्लामा थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ७ वर्षीय बालकसहित धनुषा र धादिङका १/१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

    यो सँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।



    यसअघि बिहीबार दिउँसाे तीन जनामा कोरोना पुष्टि भएको थयो। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको छ।

    मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

    प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार